नियम तथा सर्तहरू (Terms & Conditions)
अन्तिम परिमार्जन: भदौ २०८३ (September 2026)
१. सर्तहरूको स्वीकृति
खबरी दाई (Khabari Daai) वेबसाइट प्रयोग गर्नुभएको खण्डमा तपाईंले यहाँ उल्लेख गरिएका सबै नियम तथा सर्तहरू स्वीकार गरेको मानिनेछ। यदि तपाईंलाई यी सर्तहरू स्वीकार्य छैनन् भने वेबसाइट प्रयोग नगर्न अनुरोध गर्दछौँ।
२. बौद्धिक सम्पत्ति र प्रतिलिपि अधिकार (Copyright)
खबरी दाईमा प्रकाशित सम्पूर्ण समाचार, लेख, तस्बिर, अडियो तथा भिडियो सामग्रीहरू खबरी दाई तथा सम्बन्धित प्रतिलिपि अधिकारधनीको बौद्धिक सम्पत्ति हुन्। बिना अनुमति व्यावसायिक प्रयोजनका लागि प्रतिलिपि गर्न, पुनःप्रकाशन गर्न वा तोडमरोड गर्न कानुनी रूपमा निषेध गरिएको छ। सामाजिक सञ्जालमा सेयर गर्दा मूल लिंकसहित मात्र सेयर गर्न पाइनेछ।
३. पाठक प्रतिक्रिया तथा आचारसंहिता
समाचारमा पाठकहरूले टिप्पणी (comment) गर्दा व्यक्तिगत गालीगलौज, जातीय, धार्मिक वा साम्प्रदायिक सद्भाव भड्काउने, घृणास्पद अभिव्यक्ति वा अश्लील भाषा प्रयोग गर्न सख्त मनाही छ। त्यस्ता अमर्यादित टिप्पणीहरू बिना सूचना तत्काल हटाउने र आवश्यकता परेमा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने अधिकार खबरी दाईसँग सुरक्षित छ।
४. जिम्मेवारीको सीमा (Disclaimer)
हामी सधैँ तथ्यपरक सूचना दिन अधिकतम प्रयास गर्दछौँ। यद्यपि, इन्टरनेट नेटवर्क वा प्राविधिक कारणले सेवामा हुन सक्ने अस्थायी अवरोध वा बाह्य लिंकहरूको सामग्रीप्रति खबरी दाई उत्तरदायी हुने छैन।
