बंगलादेश र नेपालबीच टी–२० शृङ्खला आयोजना गर्न राजदूत भण्डारीको प्रस्ताव
२६ भदौ, काठमाडौं । नेपालले बंगलादेशसँग द्विपक्षीय टी–२० क्रिकेट शृङ्खला आयोजना गर्न औपचारिक प्रस्ताव अघि बढाएको छ । बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी र बंगलादेशका युवा तथा खेलकुद राज्यमन्त्री अमिनुल हकबीच ढाकामा बिहीबार भएको भेटवार्ताका क्रममा भण्डारीले उक्त प्रस्ताव अघि सारेका हुन् । मन्त्री हकले सो प्रस्तावलाई सकारात्मक रूपमा लिँदै बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) […]
समाचार सुन्नुहोस्
एआई आवाजव्यस्त पाठकहरूका लागि स्वचालित अडियो वाचन
खेलकुद२६ भदौ, काठमाडौं । नेपालले बंगलादेशसँग द्विपक्षीय टी–२० क्रिकेट शृङ्खला आयोजना गर्न औपचारिक प्रस्ताव अघि बढाएको छ । बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी र बंगलादेशका युवा तथा खेलकुद राज्यमन्त्री अमिनुल हकबीच ढाकामा बिहीबार भएको भेटवार्ताका क्रममा भण्डारीले उक्त प्रस्ताव अघि सारेका हुन् । मन्त्री हकले सो प्रस्तावलाई सकारात्मक रूपमा लिँदै बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) सँग छलफल अघि बढाउने बताएका छन् ।
भण्डारीले भेटका क्रममा हालै नेपालमा आएको विनाशकारी बाढीपछि बंगलादेश सरकारले गरेको समयमै सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए । भण्डारीले नेपाल र बंगलादेशबीच उत्कृष्ट राजनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै खेलकुद र सांस्कृतिक आदानप्रदानमार्फत द्विपक्षीय सम्बन्ध अझ सुदृढ बनाउन सकिने बताए । उनले पछिल्लो समय दुवै देशबीच कुनै द्विपक्षीय क्रिकेट शृङ्खला नभएको उल्लेख गर्दै टी–२० शृङ्खला आयोजना गर्न प्रस्ताव राखेका थिए । 'हाम्रो टोली बंगलादेश आउन पूर्ण रूपमा तयार छ, वा बंगलादेशलाई नेपालमा पनि हार्दिक स्वागत गर्नेछौं' राजदूत भण्डारीले भने ।
प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिँदै राज्यमन्त्री अमिनुल हकले खेलकुद कूटनीतिलाई क्षेत्रीय सहकार्यको प्रभावकारी माध्यमका रूपमा बंगलादेशले प्राथमिकता दिएको बताए । उनले प्रक्रिया अघि बढाउन नेपाललाई औपचारिक आशयपत्र पठाउन आग्रह गर्दै त्यसपछि मन्त्रालयले बीसीबीसँग आवश्यक छलफल सुरु गर्ने जानकारी दिए। भेटका क्रममा राज्यमन्त्री हकले पर्वतारोहण र उच्च भूभाग प्रशिक्षणमा नेपालसँग सहकार्य विस्तार गर्ने प्रस्ताव पनि राखेका थिए ।
पाठक प्रतिक्रिया(0 प्रतिक्रिया)
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?
पाठक प्रतिक्रिया तथा टिप्पणी
2 प्रतिक्रियाहरूखबरी दाईको समाचार सधैं निष्पक्ष र तथ्यपरक हुन्छ। यस घटनामा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण हुनुपर्छ।
नेपालमा यस्तो समस्या समाधानका लागि दीर्घकालीन योजनाको खाँचो छ। राम्रो विश्लेषणयुक्त खबर!
सम्बन्धित समाचारहरू

नेपाली क्रिकेट टोलीको ऐतिहासिक सफलता : अन्तर्राष्ट्रिय टी-२० शृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्यो नेपाल
बिहान ०७:१५ बजे
नेपालमा आधुनिक डिजिटल पत्रकारिताको नयाँ आयाम : 'खबरी दाई' द्वारा सत्य, तथ्य र निष्पक्ष समाचारको नयाँ युग सुरु
बिहान ०८:३० बजे
नयाँ दिल्ली पुगे चिनियाँ राष्ट्रपति सी
बिहान ०९:४५ बजे


