आइतबार, २७ भदौ २०८३|🕒 राति ०१:०८ बजे
ताजा अपडेट
ताजा अपडेट
इच्छाराज तामाङलाई पाँच वर्ष ६ महिना कैद
'बच्चाहरू घरमै राख्नुस्, स्कुलका म बचाउँछु' भनेका सुरज आफैँ हराए
खबरी दाई | Khabari Daai
ट्रेन्डिङ:#बजेट२०८३#काठमाडौँट्राफिक#नेपालीक्रिकेट#सेयरबजार#डिजिटलनेपाल

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

भगवान् गौतम बुद्धको बाल्यकाल र युवावस्थासँग जोडिएका पुरातात्त्विक तथा ऐतिहासिक महत्वका तिलौराकोटका जोडी स्तूप उचित संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन्।

खबरी दाई डेस्क
सम्पादकीय टिम
प्रकाशित: २८ भदौ २०८३
दिउँसो १२:३० बजे · २ मिनेट
साझेदार गर्नुहोस्:WhatsAppFacebook

समाचार सुन्नुहोस्

एआई आवाज

व्यस्त पाठकहरूका लागि स्वचालित अडियो वाचन

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप
देश

२८ भदौ, कपिलवस्तु । शान्ति, करुणा र अहिंसाका अग्रदूत भगवान् गौतम बुद्धको बाल्यकाल र युवावस्थासँग जोडिएका कपिलवस्तुस्थित तिलौराकोटका ऐतिहासिक जोडी स्तूप यतिबेला संरक्षणको पर्खाइमा छन्।

Place Your Ad Here - In-Article Content MPU

पुरातात्त्विक तथा धार्मिक दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिएका यी स्तूपहरू बुद्धत्व प्राप्त गरेपछि कपिलवस्तु फर्कँदा माता मायादेवी र पिता राजा शुद्धोधनको स्मृति तथा सम्मानमा निर्माण गरिएको विश्वास गरिन्छ। तर समयमै उचित संरक्षण र व्यवस्थापन नहुँदा यी सम्पदाहरू घाँसपात र प्राकृतिक क्षयको चपेटामा परिरहेका छन्।

स्थानीय बासिन्दा तथा सम्पदाविद्हरूले विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रियामा रहेको प्राचीन शाक्य राजधानी तिलौराकोट क्षेत्रभित्रका यस्ता महत्वपूर्ण जोडी स्तूपहरूको वैज्ञानिक संरक्षण तत्काल थाल्न सरोकारवाला निकायहरूसँग माग गरेका छन्।

ℹ️सम्पादकीय सूचना: यो सामग्री विभिन्न राष्ट्रिय समाचार स्रोत तथा खबरी दाई सम्पादकीय डेस्कको तथ्य जाँच एवं समीक्षासहित तयार पारिएको हो।
ट्यागहरू:#तिलौराकोट#कपिलवस्तु#स्तूप#सम्पदा#नेपाल

पाठक प्रतिक्रिया(0 प्रतिक्रिया)

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

पाठक प्रतिक्रिया तथा टिप्पणी

2 प्रतिक्रियाहरू
सभ्य तथा मर्यादित भाषा प्रयोग गरिदिनुहोला।
रमेश अधिकारी
२५ मिनेट अघि

खबरी दाईको समाचार सधैं निष्पक्ष र तथ्यपरक हुन्छ। यस घटनामा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण हुनुपर्छ।

सुमन खड्का
१ घण्टा अघि

नेपालमा यस्तो समस्या समाधानका लागि दीर्घकालीन योजनाको खाँचो छ। राम्रो विश्लेषणयुक्त खबर!

Place Your Ad Here - Sidebar Sticky Skyscraper