पदभार ग्रहण गर्दै उद्योगमन्त्रीले भने- जनताको आवश्यकता जति ग्यास दिनैपर्छ
आम नागरिकले ग्यास पाउने/नपाउने विषयमा पत्रकारको प्रश्नमा उनले मन्त्रालयभित्र छलफल गरेर मात्र ठोस निर्णय दिने जवाफ दिए ।
समाचार सुन्नुहोस्
एआई आवाजव्यस्त पाठकहरूका लागि स्वचालित अडियो वाचन
राजनीति२५ भदौ, काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति भवन शितल निवासमा शपथ लिएपछि मन्त्री साह मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी लगायतका कर्मचारीहरूले मन्त्री साहलाई मन्त्रालयमा स्वागत गरेका थिए ।
पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै मन्त्री साहले विगतमा भएका काम र प्रगतिको जानकारी लिएर आफुले काम सुरु गर्ने बताए । आम नागरिकले ग्यास पाउने/नपाउने विषयमा पत्रकारको प्रश्नमा उनले मन्त्रालयभित्र छलफल गरेर मात्र ठोस निर्णय दिने जवाफ दिए । ‘यसमा चाहिँ छलफल गरेर काम गर्छु,’ मन्त्री साहले भने, ‘जनताको आवश्यकता जति दिनैपर्छ ।’ आफूले काम गर्दा पहिलो प्राथमिकतामा राजीनामा दिएर बाहिरिएकी निवर्तमान मन्त्री गौरीकुमारी यादवसँग कुराकानी गरेर अगाडि बढ्ने उनले बर्ता । ‘पहिलो मेरो प्राथमिकता भनेको मन्त्रीजीसँग कुरा गरेर पास्ट(विगत)मा केके भएको थियो ?
जानकारी लिएर अगाडि बढ्यो भने सजिलो हुन्छ,’ उनले भने । यो पनि पढ्नुहोस दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योगमन्त्री
पाठक प्रतिक्रिया(0 प्रतिक्रिया)
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?
पाठक प्रतिक्रिया तथा टिप्पणी
2 प्रतिक्रियाहरूखबरी दाईको समाचार सधैं निष्पक्ष र तथ्यपरक हुन्छ। यस घटनामा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण हुनुपर्छ।
नेपालमा यस्तो समस्या समाधानका लागि दीर्घकालीन योजनाको खाँचो छ। राम्रो विश्लेषणयुक्त खबर!
सम्बन्धित समाचारहरू

नेपाली क्रिकेट टोलीको ऐतिहासिक सफलता : अन्तर्राष्ट्रिय टी-२० शृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्यो नेपाल
बिहान ०७:१५ बजे
नेपालमा आधुनिक डिजिटल पत्रकारिताको नयाँ आयाम : 'खबरी दाई' द्वारा सत्य, तथ्य र निष्पक्ष समाचारको नयाँ युग सुरु
बिहान ०८:३० बजे
नयाँ दिल्ली पुगे चिनियाँ राष्ट्रपति सी
बिहान ०९:४५ बजे


