आइतबार, २७ भदौ २०८३|🕒 राति ०१:११ बजे
ताजा अपडेट
ताजा अपडेट
इच्छाराज तामाङलाई पाँच वर्ष ६ महिना कैद
'बच्चाहरू घरमै राख्नुस्, स्कुलका म बचाउँछु' भनेका सुरज आफैँ हराए
खबरी दाई | Khabari Daai
ट्रेन्डिङ:#बजेट२०८३#काठमाडौँट्राफिक#नेपालीक्रिकेट#सेयरबजार#डिजिटलनेपाल

'बच्चाहरू घरमै राख्नुस्, स्कुलका म बचाउँछु' भनेका सुरज आफैँ हराए

स्कुलमा आइसकेका र होस्टेलमा रहेका बच्चाहरूलाई जसरी पनि सुरक्षित राख्छु भनेका सुरजको त्यही नै अन्तिम म्यासेज भयो । त्यसपछि सम्पर्क हुन सकेन ।

खबरी दाई डेस्क
सम्पादकीय टिम
प्रकाशित: २७ भदौ २०८३
दिउँसो ०३:२५ बजे · ३ मिनेट
साझेदार गर्नुहोस्:WhatsAppFacebook

समाचार सुन्नुहोस्

एआई आवाज

व्यस्त पाठकहरूका लागि स्वचालित अडियो वाचन

'बच्चाहरू घरमै राख्नुस्, स्कुलका म बचाउँछु' भनेका सुरज आफैँ हराए
देश

२५ भदौ, काठमाडौं । १० भदौ बिहान बेत्रावतीकी सिर्जना भण्डारी (डंगोल) छोरीलाई स्कुलका लागि तयार पारेर श्रीमान् सुरज डंगोललाई बाटोमा पर्खिरहेकी थिइन् । उनीहरूको रसुवा उत्तरगया गाउँपालिका–५ मा ७ कक्षासम्म पढाइ हुने मोर्डन ट्रिनिटी स्कुल थियो । बाढी आउने सूचना आउन थाल्यो । त्यही क्रममा अभिभावकहरू जोडिएको ह्वाट्सएप ग्रुपमा बिहान ९:१२ बजे सुरज सरको म्यासेज आयो, ‘हजुरहरूले बालबालिकालाई घरमै सुरक्षित राख्नुहोस्, म स्कुलमा आइसकेका र होस्टेलमा रहेका बच्चाहरूलाई जसरी पनि सुरक्षित राख्छु ।’ सिर्जना घरबाट निस्केर बाटोमा श्रीमान् कुरिरहिन् । तर श्रीमान् आइपुगेनन्, बाढी आइपुग्यो । ‘उहाँ भैरुम माविमा ११ र १२ लाई पढाएर फर्किंदै हुनुहुन्थ्यो,’ उनले भनिन् । सिर्जनाले वाकीटकीमार्फत स्कुलका सिस्टर र कर्मचारीसँग सम्पर्क गरिन् । स्कुलको होस्टेलमा रहेका र बाटोबाट बसमा चढिसकेका बच्चाहरूलाई तुरुन्तै सुरक्षित डाँडातिर लैजाने काम भयो । सुरज डंगोल ‘सबै मिलेर झ्याल–ढोकाबाट बच्चाहरू निकालेर उद्धार गरियो,’ उनले भनिन्, ‘स्कुलमा रहेका बच्चालाई जोगाइयो ।’ बसमा विद्यार्थी लिएर आउँदै गरेका चालकले पनि बाटोमै रोकिदिएकाले विद्यार्थी जोगिए । तर बाटोमा आउँदै गरेका १० जना विद्यार्थी भने बाढीमा परे । बाढी आएपछि सिर्जना पनि छोरी काखमा च्यापेर डाँडातिरै भागिन् । ‘३१ महिनाकी कान्छी छोरीलाई काखमा च्यापें । १० वर्षकी जेठी छोरीलाई अगाडि लगाएर भागें । तर उकालो चढ्दै गर्दा झाडीमा अड्किएँ ।

Place Your Ad Here - In-Article Content MPU

फर्केर हेर्दा बाढीको ठूलो छाल आँखै अगाडि आइसकेको थियो,’ उनले भनिन्, ‘अब बाच्दिनँ भन्ने सोचेकी थिएँ ।’ भागदौडकै क्रममा जेठी छोरी केहीबेर हराइन् । ‘दुई घण्टापछि मात्र भेट भयो,’ उनले भनिन् । श्रीमान्‌को प्रतीक्षामा बसिन् सिर्जना । ‘सरलाई कन्ट्याक्ट गर्न खोजेँ, तर सम्पर्क हुन सकेन । सर कलेजबाट यता आउँदै हुनुहुन्थ्यो भन्ने पछि थाहा पाएँ । उहाँ बेत्रावती आइपुग्नुभएको रहेछ र स्कुलतर्फ जान खोज्नुभएको रहेछ,’ उनले भनिन्, ‘उहाँको अहिलेसम्म अत्तोपत्तो छैन ।’ छोरीले बाबा कता हुनुहुन्छ, छिटो आउनुहोस् भनेर बोलाइरहन्छिन् । सिर्जना भण्डारी (डंगोल) ‘ठूली छोरी १० वर्ष पूरा भएर ११ मा लागेकी छिन् । उसलाई सम्झाइसकेँ । तर ३१ महिनाकी सानो छोरी अझै पनि बाबा केही समयपछि आउनुहुन्छ होला भनेर आस गरिरहेकी छे,’ उनले भनिन् । स्कुलमा आइसकेका र होस्टेलमा रहेका बच्चाहरूलाई जसरी पनि सुरक्षित राख्छु भनेका सुरजको त्यही नै अन्तिम म्यासेज भयो । त्यसपछि सम्पर्क हुन सकेन । ‘भोलिपल्ट बिहानैदेखि गाउँले र आफन्त मिलेर खोला किनारमा खोजी सुरु गर्‍यौँ । सरले चढेको बाइक र केही सामान भेटियो, तर उहाँलाई अझै भेट्न सकिएको छैन,’ उनले भनिन् । अनि विद्यालय खोलेका थिए २०७५ सालमा सिर्जना र श्रीमान्‌ले गुणस्तरीय शिक्षाको सोच लिएर विद्यालय सञ्चालन गर्ने निर्णय गरेका थिए । ‘गुणस्तरीय र व्यावहारिक शिक्षा दिने उद्देश्य थियो ।

२५० जना विद्यार्थी थिए । बाढीले विद्यालय क्षणभरमै बगर बनाइदियो,’ उनले भनिन् । विद्यालयमा भवन, डेस्क, बेञ्च, कम्प्युटर, कागजात केही पनि बाँकी रहेन । दुःख र पसिनाले सुरु गरेको विद्यालय बालुवामै विलिन भयो । ‘भौतिक क्षति त जसोतसो फेरि उठाउन सकिएला । मान्छेको ज्यान र गुमेको खुसी कहिल्यै नफर्किने भयो,’ उनले भनिन् । एकातिर दुई साना नानीहरूको लालनपालन र भविष्यको जिम्मेवारी छ । अर्कोतिर ती २५० जना विद्यार्थी र श्रीमान्‌को अधुरो सपना पूरा गर्नुपर्ने दायित्त्व सिर्जनाको काँधमा छ । उक्त स्कुलमा १५ जना कर्मचारी कार्यरत थिए । गणित पढाउने म्याम घरमै बाढीमा परेको खबर सिर्जनाले सुनेकी छिन् । यकिन विवरण अझै आउन बाँकी छ । तर सरकार र सहयोगी हातहरूबाट साथ पाएमा आफूलाई सम्हालेर श्रीमान्‌को सपना पूरा गर्ने उनको अठोट छ । ‘सबै शून्य भएको छ । छोरीहरूलाई पढाउनु पर्नेछ । सबैको साथ र सहयोगको अपेक्षा छ,’ उनले भनिन् ।

ℹ️सम्पादकीय सूचना: यो सामग्री विभिन्न राष्ट्रिय समाचार स्रोत तथा खबरी दाई सम्पादकीय डेस्कको तथ्य जाँच एवं समीक्षासहित तयार पारिएको हो।
ट्यागहरू:#देश#नेपाल#ताजा अपडेट

पाठक प्रतिक्रिया(0 प्रतिक्रिया)

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

पाठक प्रतिक्रिया तथा टिप्पणी

2 प्रतिक्रियाहरू
सभ्य तथा मर्यादित भाषा प्रयोग गरिदिनुहोला।
रमेश अधिकारी
२५ मिनेट अघि

खबरी दाईको समाचार सधैं निष्पक्ष र तथ्यपरक हुन्छ। यस घटनामा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण हुनुपर्छ।

सुमन खड्का
१ घण्टा अघि

नेपालमा यस्तो समस्या समाधानका लागि दीर्घकालीन योजनाको खाँचो छ। राम्रो विश्लेषणयुक्त खबर!

Place Your Ad Here - Sidebar Sticky Skyscraper