आइतबार, २७ भदौ २०८३|🕒 राति ०१:०७ बजे
ताजा अपडेट
ताजा अपडेट
इच्छाराज तामाङलाई पाँच वर्ष ६ महिना कैद
'बच्चाहरू घरमै राख्नुस्, स्कुलका म बचाउँछु' भनेका सुरज आफैँ हराए
खबरी दाई | Khabari Daai
ट्रेन्डिङ:#बजेट२०८३#काठमाडौँट्राफिक#नेपालीक्रिकेट#सेयरबजार#डिजिटलनेपाल

माथिल्लो त्रिशूली-१ मा उद्धारका लागि मिनी एक्स्काभेटर पुर्‍याइयो

बाढीले क्षतिग्रस्त २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनामा थप उद्धारका लागि मिनी एक्स्क्याभेटर पुर्‍याइएको छ ।

खबरी दाई डेस्क
सम्पादकीय टिम
प्रकाशित: २७ भदौ २०८३
साँझ ०७:१५ बजे · ३ मिनेट
साझेदार गर्नुहोस्:WhatsAppFacebook

समाचार सुन्नुहोस्

एआई आवाज

व्यस्त पाठकहरूका लागि स्वचालित अडियो वाचन

माथिल्लो त्रिशूली-१ मा उद्धारका लागि मिनी एक्स्काभेटर पुर्‍याइयो
देश

२५ भदौ, काठमाडौं । बाढीले क्षतिग्रस्त २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनामा थप उद्धारका लागि मिनी एक्स्क्याभेटर पुर्‍याइएको छ । आयोजनाको क्याम्प एरियामा उद्धार तथा खोजीका लागि बिहीबार मिनी एक्स्क्याभेटर पुर्‍याइएको जानकारी आयोजनाका निर्देशक गिरिराज अधिकारीले दिए । बिहीबार पनि आयोजनाको सुरुङ तथा हेडवर्क्समा हराइरहेकाहरूको खोजी भइरहेको उनले बताए । आयोजनाको सुरुङ एरियामा नेपाली सेनाको टोलीले म्यानुअल्ली खोजीको काम गरिरहेको र बिहीबार पुर्‍याइएको बबक्याटले नदीको अर्कोतर्फ रहेको क्याम्प एरियामा खनेर खोजी गर्ने उनले बताए । नेपाली सेनाको हेलिकोप्टरबाट यो उपकरण आयोजनास्थल मैलुङमा पुर्‍याइएको उनले बताए ।

Place Your Ad Here - In-Article Content MPU

उद्धारमा नेपाली सेना, नेपाल ड्रोन एसोसियसन, कोरियाली, शेर्पासहितको टिम सहभागी छ भने तालिमप्राप्त सर्च डगले पनि खोजिरहेको छ । अहिले रहेको सीमित स्रोत साधनको आधारमा खोजी कार्य जारी राखिएको आयोजनाले जनाएको छ । आयोजनास्थलमा ठूला एक्स्क्याभेटरहरू पुर्‍याउन नसकिएको पनि अधिकारीले जानकारी दिए । नेपाली सेनाको १६ जनाको सर्च टोलीले डिसेण्डर क्षेत्रमा फेरि बिहीबार पनि सर्च गरेपनि कुनै नभेटिएको जानकारी दिएको छ । तर बिहीबार हाकुबेँशीस्थित फुलबारी त्रिशुलीको बाँया किनारमा एक शव पहिचान गरी नेपाल प्रहरीलाई जानकारी दिएको कम्पनीले जनाएको छ । कम्पनी, डुसान र पावर चाइनाका व्यवस्थापन पक्षले प्रतिनीधिहरूले बिहीबार हालसम्म भएको सर्च र उद्धारबारे संक्षिप्त जानकारी गरेको थियो, भने उपकरणको एमआई १७ हेलि लिफ्टिङको लागि अनुरोध पनि गरेको छ ।

यसैगरी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतसँग कम्पनी व्यवस्थापनले संक्षिप्त बैठक गरी हालको अवस्थाबारे जानकारी दिएको थियो । यसैगरी बिहीबार नै बेपत्ता कर्मचारीहरूका नजिकका हकदारहरूलाई तत्काल राहत उपलब्ध गराउने कार्य सुरुवात भइसकेको जानकारी पनि कम्पनीले दिएको छ । बाढी आउनुअघि आयोजनास्थलमा कुल एक हजार ४३३ जना कार्यरत थिए । तीमध्ये हालसम्म ८ सय ७८ जनाको उद्धार गरिएको छ ।

ℹ️सम्पादकीय सूचना: यो सामग्री विभिन्न राष्ट्रिय समाचार स्रोत तथा खबरी दाई सम्पादकीय डेस्कको तथ्य जाँच एवं समीक्षासहित तयार पारिएको हो।
ट्यागहरू:#देश#नेपाल#ताजा अपडेट

पाठक प्रतिक्रिया(0 प्रतिक्रिया)

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

पाठक प्रतिक्रिया तथा टिप्पणी

2 प्रतिक्रियाहरू
सभ्य तथा मर्यादित भाषा प्रयोग गरिदिनुहोला।
रमेश अधिकारी
२५ मिनेट अघि

खबरी दाईको समाचार सधैं निष्पक्ष र तथ्यपरक हुन्छ। यस घटनामा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण हुनुपर्छ।

सुमन खड्का
१ घण्टा अघि

नेपालमा यस्तो समस्या समाधानका लागि दीर्घकालीन योजनाको खाँचो छ। राम्रो विश्लेषणयुक्त खबर!

Place Your Ad Here - Sidebar Sticky Skyscraper