अविरल वर्षाले वीरेन्द्रनगरको जनजीवन प्रभावित, कर्णाली राजमार्ग ठप्प
मंगलबार साँझदेखि परेको अविरल वर्षाका कारण सुर्खेतका विभिन्न स्थानमा भौतिक क्षति हुनुका साथै कर्णाली राजमार्गसमेत अवरुद्ध भएको छ ।
समाचार सुन्नुहोस्
एआई आवाजव्यस्त पाठकहरूका लागि स्वचालित अडियो वाचन
देश२५ भदौ, सुर्खेत । मंगलबार साँझदेखि परेको अविरल वर्षाका कारण सुर्खेतका विभिन्न स्थानमा भौतिक क्षति हुनुका साथै कर्णाली राजमार्गसमेत अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वर्षाका कारण वीरेन्द्रनगर बजार क्षेत्रका घर तथा संरचनामा बाढी पस्नुका साथै पर्खाल भत्किएका छन् । यस्तै, चट्याङ लागेर एक जना घाइतेसमेत भएका छन् । वीरेन्द्रनगर–६ स्थित नेपाली सेनाले सञ्चालन गरेको आर्मी स्कुलको कम्पाउन्डको करिब १० मिटर पर्खाल वर्षाका कारण भत्किएको प्रहरीले जनाएको छ । पर्खाल भत्किए पनि अन्य क्षति भने नभएको प्रहरीले जनाएको छ ।
यस्तै, वीरेन्द्रनगर–४ शहीदपार्क निवासी सूर्य सलामीको भैँसीको पाडो खोर्के खोलाले बगाएको छ । घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक समन्वय गरेको जनाएको छ । वीरेन्द्रनगर–८ स्थित मोडेल कलेज नजिक सडकको नाला थुनिएपछि चार–पाँच वटा पसलमा पानी पसेको छ । प्रहरीले टोली परिचालन गरी पानीको निकासका लागि आवश्यक पहल गरेको जनाएको छ । यस्तै, वीरेन्द्रनगर–१४ लादेमा करिब ३७ वर्षीय तुलसी बुढाथोकी चट्याङ लागेर घाइते भएका छन् । उनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ, सुर्खेत पठाइएको प्रहरीले जनाएको छ ।
उनको अवस्था सामान्य रहेको बताइएको छ । बराहताल गाउँपालिका–७ औलिसेमा पहिरो जाँदा कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि प्रहरी चौकी बड्डीचौरबाट ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा खटाइएको छ । पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । निरन्तर वर्षा भइरहेकाले पहिरो खस्ने तथा थप क्षति हुनसक्ने जोखिम रहेको भन्दै प्रहरीले यात्रु तथा सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।
पाठक प्रतिक्रिया(0 प्रतिक्रिया)
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?
पाठक प्रतिक्रिया तथा टिप्पणी
2 प्रतिक्रियाहरूखबरी दाईको समाचार सधैं निष्पक्ष र तथ्यपरक हुन्छ। यस घटनामा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण हुनुपर्छ।
नेपालमा यस्तो समस्या समाधानका लागि दीर्घकालीन योजनाको खाँचो छ। राम्रो विश्लेषणयुक्त खबर!
सम्बन्धित समाचारहरू

नेपाली क्रिकेट टोलीको ऐतिहासिक सफलता : अन्तर्राष्ट्रिय टी-२० शृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्यो नेपाल
बिहान ०७:१५ बजे
नेपालमा आधुनिक डिजिटल पत्रकारिताको नयाँ आयाम : 'खबरी दाई' द्वारा सत्य, तथ्य र निष्पक्ष समाचारको नयाँ युग सुरु
बिहान ०८:३० बजे
नयाँ दिल्ली पुगे चिनियाँ राष्ट्रपति सी
बिहान ०९:४५ बजे


