गैँडाकोटमा दुई बस एकआपसमा ठोक्किँदा १८ जना घाइते
नवलपरासी पूर्वको गैँडाकोट–१२ हर्कपुरस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान दुई वटा बस एकापसमा ठोक्किँदा १८ जना यात्रु घाइते भएका छन्।
समाचार सुन्नुहोस्
एआई आवाजव्यस्त पाठकहरूका लागि स्वचालित अडियो वाचन
देश२८ भदौ, नवलपरासी (पूर्व) । गैँडाकोट नगरपालिका–१२, हर्कपुरस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान दुई वटा यात्रुवाहक बस एकआपसमा ठोक्किँदा १८ जना यात्रु घाइते भएका छन्।
शनिबार बिहान करिब ६:५० बजेको समयमा नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ६४५७ नम्बरको बसलाई सोही दिशातर्फ आउँदै गरेको लु २ ख ६०३६ नम्बरको बसले पछाडिबाट तीव्र गतिमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ।
दुर्घटनामा दुवै बसमा सवार १८ जना यात्रु घाइते भएका छन्। घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज र नयाँ मेडिकल कलेजमा पठाइएको छ। घाइतेमध्ये केहीको अवस्था मध्यम रहेको र अधिकांशको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ।
दुर्घटनापछि केही समय अवरुद्ध बनेको पूर्व-पश्चिम राजमार्ग प्रहरीको पहलमा दुर्घटनाग्रस्त सवारी साधनहरू हटाएर दुईतर्फी नै सुचारु गरिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पाठक प्रतिक्रिया(0 प्रतिक्रिया)
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?
पाठक प्रतिक्रिया तथा टिप्पणी
2 प्रतिक्रियाहरूखबरी दाईको समाचार सधैं निष्पक्ष र तथ्यपरक हुन्छ। यस घटनामा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण हुनुपर्छ।
नेपालमा यस्तो समस्या समाधानका लागि दीर्घकालीन योजनाको खाँचो छ। राम्रो विश्लेषणयुक्त खबर!
सम्बन्धित समाचारहरू

नेपाली क्रिकेट टोलीको ऐतिहासिक सफलता : अन्तर्राष्ट्रिय टी-२० शृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्यो नेपाल
बिहान ०७:१५ बजे
नेपालमा आधुनिक डिजिटल पत्रकारिताको नयाँ आयाम : 'खबरी दाई' द्वारा सत्य, तथ्य र निष्पक्ष समाचारको नयाँ युग सुरु
बिहान ०८:३० बजे
नयाँ दिल्ली पुगे चिनियाँ राष्ट्रपति सी
बिहान ०९:४५ बजे


