बादलको प्रतिवेदन : एमाले महासचिवबाट माधव नेपालको राजीनामा राष्ट्रपति बन्नलाई थियो
रामबहादुर थापाले नयाँ खुलासा गरेका छन्। उनका अनुसार पुष्पकमल दाहाल प्रचण्डसँग गोप्य सहमति गरी माधव नेपालले महासचिव पदबाट राजीनामा दिएका हुन्।
समाचार सुन्नुहोस्
एआई आवाजव्यस्त पाठकहरूका लागि स्वचालित अडियो वाचन
राजनीति२५ भदौ, काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि गम्भीर प्रश्न उठाएका छन्। महासचिव शंकर पोखरेलको प्रतिवेदनमा असन्तुष्टि जनाएर छुट्टै प्रतिवेदन तयार पार्ने क्रममा बादलले पूर्वप्रधानमन्त्री नेपालले १९ वर्षअघि दिएको राजीनामामाथि प्रश्न गरेका हुन्।
०६४ सालको संविधान सभा निर्वाचनमा एमाले पराजित भएपछि नेपालले नैतिकताका आधारमा महासचिव पदबाट राजीनामा दिएका थिए। तर थापाले नयाँ खुलासा गरेका छन्। उनका अनुसार पुष्पकमल दाहाल प्रचण्डसँग गोप्य सहमति गरी माधव नेपालले महासचिव पदबाट राजीनामा दिएका हुन्।
‘… प्रचण्डसँगको गोप्य सल्लाहमा राष्ट्रपतिको उम्मेदवार बन्न महासचिव पदबाट राजीनामा गरिएको थियो,’ थापाले लेखेका छन्, ‘त्यति उदाहरणीय नैतिकताको प्रदर्शन गरेको व्यक्तिले राष्ट्रपतिको उम्मेदवार बन्न धोका पाएपछि आफैं दुई स्थानबाट निर्वाचनमा पराजित भएको व्यक्ति समानुपातिक सांसदलाई राजीनामा गराई राजदूत नियुक्त गरेर रिक्त स्थानमा त्यसै कार्यकालभित्र मनोनित सांसद हुन पुगेको समितिको सभापति बनेको र पछि प्रधानमन्त्रीसमेत बनेको विषयलाई हामीले बिर्सन मिल्दैन।’ महासचिव पोखरेलले २०६४ सालमा माधव नेपालले नैतिकताको आधारमा राजीनामा दिएको सन्दर्भ आफ्नो प्रतिवेदनमा लेखेका छन्। पार्टी पराजित भएपछि नेतृत्वले राजीनामा गर्ने नजीर सम्झाउँदै पोखरेलले प्रतिवेदनमा ओलीलाई अध्यक्ष छोड्न आग्रह गरेका छन्। तर काउन्टर प्रतिवेदन लेखेका थापाले माधव नेपालको राजीनामाथि गम्भीर आरोप लगाएका छन्।
पाठक प्रतिक्रिया(0 प्रतिक्रिया)
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?
पाठक प्रतिक्रिया तथा टिप्पणी
2 प्रतिक्रियाहरूखबरी दाईको समाचार सधैं निष्पक्ष र तथ्यपरक हुन्छ। यस घटनामा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण हुनुपर्छ।
नेपालमा यस्तो समस्या समाधानका लागि दीर्घकालीन योजनाको खाँचो छ। राम्रो विश्लेषणयुक्त खबर!
सम्बन्धित समाचारहरू

नेपाली क्रिकेट टोलीको ऐतिहासिक सफलता : अन्तर्राष्ट्रिय टी-२० शृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्यो नेपाल
बिहान ०७:१५ बजे
नेपालमा आधुनिक डिजिटल पत्रकारिताको नयाँ आयाम : 'खबरी दाई' द्वारा सत्य, तथ्य र निष्पक्ष समाचारको नयाँ युग सुरु
बिहान ०८:३० बजे
नयाँ दिल्ली पुगे चिनियाँ राष्ट्रपति सी
बिहान ०९:४५ बजे


