आइतबार, २७ भदौ २०८३|🕒 राति ०१:०७ बजे
ताजा अपडेट
ताजा अपडेट
इच्छाराज तामाङलाई पाँच वर्ष ६ महिना कैद
'बच्चाहरू घरमै राख्नुस्, स्कुलका म बचाउँछु' भनेका सुरज आफैँ हराए
खबरी दाई | Khabari Daai
ट्रेन्डिङ:#बजेट२०८३#काठमाडौँट्राफिक#नेपालीक्रिकेट#सेयरबजार#डिजिटलनेपाल

स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु

कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नयाँ पुस्ताको नेतृत्वमा अघि बढाउन आवश्यक परे आगामी अधिवेशनबाट आफू नेतृत्व छाड्न तयार रहेको बताएका छन् ।

खबरी दाई डेस्क
सम्पादकीय टिम
प्रकाशित: २७ भदौ २०८३
बिहान ०९:४५ बजे · ३ मिनेट
साझेदार गर्नुहोस्:WhatsAppFacebook

समाचार सुन्नुहोस्

एआई आवाज

व्यस्त पाठकहरूका लागि स्वचालित अडियो वाचन

स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
राजनीति

२५ भदौ, स्याङ्जा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नयाँ पुस्ताको नेतृत्वमा अघि बढाउन आवश्यक परे आगामी अधिवेशनबाट आफू नेतृत्व छाड्न तयार रहेको बताएका छन् । उनले कांग्रेसभित्रको कमजोरी हटाएर फेरि जनताको भरोसा र लोकप्रियता हासिल गर्न आफूले नेतृत्व पनि छाड्न तयार रहेको बताएका हुन् ।

Place Your Ad Here - In-Article Content MPU

कांग्रेसका पूर्वउपप्रधानमन्त्री स्वर्गीय गोपालमान श्रेष्ठको ४५औं दिनको पुण्यतिथिमा बिहीबार स्याङ्जामा आयोजित शोकसभामा बोल्दै सभापति थापाले आगामी अधिवेशनबाट पार्टी नयाँ ढंगले जाने बताए । कांग्रेस बलियो बनाउन सबै एक ठाउँमा आउनुपर्ने बताउँदै उनले पार्टीको महत्व र अहिलेको अवस्थालाई गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने धारणा राखे । शासकीय अहंकारका कारण पटक–पटक व्यवस्था हल्लिने गरेको उल्लेख गर्दै उनले गत वर्ष भदौ २३ गतेको जेनजी आन्दोलनलाई पनि त्यसैको एउटा प्रारूपका रूपमा व्याख्या गरे ।

मतदाता कुनै पनि पार्टीको स्थायी नहुने बताउँदै सभापति थापाले समर्थक र शुभेच्छुकको संख्या घट्न नदिन कार्यशैली बदल्नुपर्ने बताए । चुनाव जित्ने र हार्ने विषयलाई मात्र केन्द्रमा राख्दा कांग्रेससँग समर्थक तथा शुभेच्छुक टाढिएको उनको टिप्पणी थियो ।

ℹ️सम्पादकीय सूचना: यो सामग्री विभिन्न राष्ट्रिय समाचार स्रोत तथा खबरी दाई सम्पादकीय डेस्कको तथ्य जाँच एवं समीक्षासहित तयार पारिएको हो।
ट्यागहरू:#देश#नेपाल#ताजा अपडेट

पाठक प्रतिक्रिया(0 प्रतिक्रिया)

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

पाठक प्रतिक्रिया तथा टिप्पणी

2 प्रतिक्रियाहरू
सभ्य तथा मर्यादित भाषा प्रयोग गरिदिनुहोला।
रमेश अधिकारी
२५ मिनेट अघि

खबरी दाईको समाचार सधैं निष्पक्ष र तथ्यपरक हुन्छ। यस घटनामा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण हुनुपर्छ।

सुमन खड्का
१ घण्टा अघि

नेपालमा यस्तो समस्या समाधानका लागि दीर्घकालीन योजनाको खाँचो छ। राम्रो विश्लेषणयुक्त खबर!

Place Your Ad Here - Sidebar Sticky Skyscraper